Daily Feature News : Feb 2008
Daily Feature News »
रिमिक्सको फुर्को
- Achyut Koirala
- Photo by Aabiskar Shrestha
अहिले हर कोही आफू लोकप्रिय हुन रिमिक्स गाउन थालेका छन् । तर केही गायकका लागि चाहिँ यो एल्बम निकाल्ने बाध्यता बनेको छ ।
भर्खरै बजारमा आएको तिमी मेरो म तिम्रो... एल्बमका सर्जकका लागि रिमिक्स पनि बजारमा आउने बाध्यता मानिरहेका छन् ।
गएको मंसीर महिनामा बजारमा एल्बम छोडेका गायक आरडी त्यसो त आफ्नो पूरा नाम थर बताउन चाहँदैनन्, भन्छन्- "म आफूले नै राखेको नामबाट परिचित हुन चाहन्छु ।"
२०५६ देखि नै गायनमा विशेष रुचि राखिरहेका आरडीले मूलतः गायनलाई नै आफ्नो पेशो बनाउने निर्णय चाहिँ २०६१ सालमा गरेका थिए । यही साल उनले गायन सिक्नका लागि डोरेमीमा भर्ना भए अनि प्रख्यात सङ्गीत प्रशिक्षक गुरुदेव कामतलाई गुरु थापे ।
एमबीए दोस्रो वर्षका छात्र रहेका यी गायकको त्यसो त पुख्र्यौली व्यापार छ । तर घरको पुख्र्यौली व्यापारभन्दा पनि सङ्गीतले तानेकाले अब यसैमा आफ्नो भाग्य परीक्षा गरिरहेका छन् ।
उनको एल्बमको नाम किन त रिमिक्स गीतजस्तो ? गायक आरडी भन्छन्- "यो चाहिँ कम्पनीले राखिदिएको नाम हो । मैले आफैँले राख्न पाइनँ ।"
त्यसो त नाम रिमिक्स राखेपछि यसको फाइदा चाहिँ काइदाको नै पाए, गायक भन्छन्- "रिमिक्सबाट नाम जुराएकाले होला, श्रोताहरुले तुरुन्त एल्बमको नाम थाहा पाए ।"
Daily Feature News »
|